हङकङ आएकी कोरियन भ्लगरलाई दुर्व्यवहार गर्नेले पाए तीन महिना जेल सजाय

हङकङ आएकी कोरियन भ्लगरलाई दुर्व्यवहार गर्नेले पाए तीन महिना जेल सजाय

प्रतिवादी अमित बिहीबार पूर्वी कानुन अदालत भवन बाहिर (द स्ट्याण्डर्ड)


नेपालखबर
कात्तिक २३, २०८० बिहिबार १९:३३, हङकङ

हङकङमा लाइभ स्ट्रिमिङका क्रममा कोरियन पर्यटकलाई दुर्व्यवहार गर्ने व्यक्तिविरुद्ध अदालतले तीन महिनाको जेल सजाय सुनाएको छ।

हङकङमा सेफको काम गर्ने ती व्यक्तिले ११ सेप्टेम्बरमा मदिरा सेवन गरी २९ वर्षीया पर्यटकलाई दुर्व्यवहार गरेका थिए।

अमित नाम गरेका ४६ वर्षीयले सेन्ट्रल एमटीआर स्टेसन नजिक कोरियन पर्यटक महिलालाई दुर्व्यवहार गरेपछि प्रहरीले पक्राउ गरेको थियो।

त्यतिबेलै सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा उनले महिलालाई अँगालो हाल्ने लगायतका हर्कत गर्दै यौन सम्बन्धका लागि आग्रह गरेका थिए।

हङकङको पूर्वी अदालतले उनलाई सजाय सुनाउने क्रममा सहरको प्रतिष्ठामा असर पर्ने घटनाको लागि ‘नसा कुनै बहाना नभएको’ बताएको छ।

पीडक अमितले पनि अदालतसामु आफ्नो गल्ती स्वीकार गरिसकेका छन्।

उनले महिलाको हात समात्दै ‘म एक्लै छु,  मसँग हिँड’ भनेर यौन सम्बन्धको प्रस्ताव गरेका थिए।

उनले महिलाको संवेदनशील अंगमा छुने प्रयास समेत गरेका थिए। उनले यसो गर्दा निकै आत्तिएकी महिला ‘नो नो नो, म एक्लो छैन’ भन्दै फुत्कने प्रयास गरेकी थिइन्।

पुरुषको हर्कत बढ्दै जाँदा उनी गुहार माग्दै रोएकी थिइन्।

‘घटना वास्तवमा लाइभ–स्ट्रिमिङ भिडिओद्वारा कैद गरिएको थियो, जसले हङकङको प्रतिष्ठामा नास गर्नेछ,’ सजाय दिनुपर्ने थप कारण प्रस्ट्याउँदै अदालतले भनेको छ।

अमित नामका ती व्यक्तिले घटना सार्वजनिक भएपछि हङकङको प्रसिद्ध रेस्टुरेन्टबाट हेड सेफको जागिर यसअघि नै गुमाइसकेका छन्।

अदालतले सुरुमा साढे चार महिनाको सजाय तोक्न खोजे पनि पछि घटाएर तीन महिनामा झारेको थियो।

भ्लगरलाई दुर्व्यवहार गर्ने अमित नामका ती व्यक्ति भारतीय मूलको भएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .