पोस्ट कोभिड हङकङ साइक्लोथनको क्रममा आइतबार हङकङमा २६ जना साइकलयात्री घाइते भएका छन्।
दुर्घटनामा परेका २६ जनामध्ये १३ जना यात्री एकै ठाउँमा दुर्घटनामा परेका थिए।
घाइतेहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।
घाइते यात्रीलाई कारितास मेडिकल सेन्टर, क्विन एलिजाबेथ अस्पताल, प्रिन्सेस मार्गरेट अस्पताल र युनाइटेड क्रिश्चियन अस्पताल लगिएको थियो।
यो समाचार तयार पार्दासम्म एक जना गम्भीर रहेको, १८ जनाको अवस्था स्थिर रहेको र सात जनालाई डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएका छन्।
घाइतेहरूको प्राथमिक उपचार हुँदै
चिमसो चोइ र हङहोम बाइपासको सालिस्बरी रोडमा आठ ल्याप दौडको क्रममा उक्त दुर्घटना भएको हो।
एम्पायर सेन्टर सपिङ आर्केड नजिकै दोस्रो ल्यापको क्रममा एक साइकल यात्रीले अन्य प्रतियोगीलाई ओभरटेक गर्न खोज्दा ट्राफिक कोनमा ठोकिएका थिए। जसका कारण पछाडिका साइकलयात्री दुर्घटनामा परे।
साइकलयात्रीमध्ये चान उपनामका एक सहभागी कोर्समा ट्राफिक कोन हुन समस्या भएको बताउँछन्।
आइतबार गरिएको साइक्लिङ कार्यक्रम ३० र ५० किलोमिटरको थियो।
Shares
प्रतिक्रिया