आइतबार बिहान हङकङको साइकुङमा तीव्र गतिको ट्याक्सीले नियन्त्रण गुमाउन पुग्दा ढुंगाको पर्खालमा ठोकिन पुग्यो।
ढुंगामा ठोकिएर पनि नरोकिएको ट्याक्सी आगोको लप्का छोड्दै अगाडि बढेको थियो। त्यसपछि झाडीमा खसेको थियो।
यो क्रमसम्म आइपुग्दा जलिरहेको ट्याक्सीले तीन बल्ड्याङ खाइसकेको थियो।
क्लियर वाटर बे रोड हुँदै साइकुङतर्फ तीव्र गतिमा कुदेको ट्याक्सी दायाँ मोड्न खोज्दा नियन्त्रण गुमाई उक्त दुर्घटना भएको हो।
ट्याक्सीमा दनदनी आगो बलेको थियो
तर, यस्तो सुन्दै आङ सिरिङ्ग हुने दुर्घटनामा मानवीय क्षति भने भएको छैन।
पल्टिने क्रममा ट्याक्सीका चालक बाहिर खसेका थिए। उनको हात भाँचिएको छ।
उनलाई प्यारामेडिकको टोलीले चुङक्वान ओ अस्पताल लगेका थिए, पछि क्विन एलिजाबेथ अस्पताल सारियो।
ट्याक्सीमा अर्का एक पुरुष यात्री थिए। उनलाई सामान्य चोट लागेको छ। ती यात्रीलाई पनि क्विन एलिजाबेथ अस्पताल लगिएको छ।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।
Shares
प्रतिक्रिया