हङकङमा ट्राफिक नियमको बेवास्ता गर्दै बत्तिएको साइकललाई कारले दियो ठक्कर (भिडिओ)

हङकङमा ट्राफिक नियमको बेवास्ता गर्दै बत्तिएको साइकललाई कारले दियो ठक्कर (भिडिओ)

तस्बिर : द स्ट्याण्डर्ड


नेपालखबर
असोज १४, २०८० आइतबार १२:१४, हङकङ

शनिबार दिउँसो करिब साढे ३ बजे हङकङको चुनमुनमा भएको एउटा दुर्घटना यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेको छ।

भिडिओमा एक साइकल यात्रीलाई कारले ठक्कर दिएको देख्न सकिन्छ।

भिडिओमा देखिए अनुसार साइकल यात्री ट्राफिक नियमको उल्लंघन गर्दै चुनवेन रोड पार गरिरहेका हुन्छन्, सेतो कार समयमै रोकिन सक्दैन र साइकललाई ठक्कर दिन्छ।

यसको केही सकेन्डपछि साइकलयात्री आफैँ उठ्छ र सडक छेउमा आएर बस्छ। कारबाट एक महिला र पुरुष ओर्लन्छन्। ३० सेकेण्डको भिडिओ यत्तिमै सकिन्छ।

द स्ट्याण्डर्डका अनुसार प्रहरीले शनिबार दिउँसो ४ बजेतिर ताइहिङ स्टेट नजिकै १३ वर्षीय साइकलयात्रीलाई सेतो सेडानले ठक्करले दिएको रिपोर्ट प्राप्त गरेको थियो।

घाइते साइकल यात्रीलाई उपचारका लागि अस्पताल पठाइएको छ।

सञ्जालमा पोस्ट गरिएको भिडिओलाई लिएर मानिसहरूले विभिन्न टिकाटिप्पणी गरिरहेका छन्। कतिपयले साइकलयात्रीले बेहोसी तरिकाले यात्रा गरेको भनेका छन् भने कतिले कार चालकले समयमै प्रतिक्रिया नजनाएकोमा आपत्ति जनाएका छन्। त्यस्तै, कतिपयले कार चालक निर्दोष रहेको पनि बताइरहेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .