हङकङमा हेर्ने होइन त आतिशबाजी? यी हुन् आठ निःशुल्क गन्तव्य

हङकङमा हेर्ने होइन त आतिशबाजी? यी हुन् आठ निःशुल्क गन्तव्य

तस्बिर : डिमसम दैनिक


नेपालखबर
असोज १४, २०८० आइतबार १४:४७, हङकङ

आज १ अक्टोबर। १ अक्टोबरलाई हङकङमा राष्ट्रिय दिवसको रूपमा मनाइन्छ। यसैको अवसरमा आज राति ९ बजे हङकङमा आतिशबाजी गरिँदैछ।

२३ मिनेटसम्म हुने यो आतिशबाजीलाई हेर्न चाहनुहुन्छ भने सहरका विभिन्न आठ स्थानबाट निःशुल्क हेर्न सकिन्छ।

संस्कृति, खेलकुद र पर्यटन ब्युरोको समन्वयमा गर्न लागिएको आतिशबाजी वानचाइ हार्बरमा हुनेछ।

आतिशबाजीमा प्रस्तुत गरिने पाइरोटेक्निक शोले दर्शकहरूलाई चकित पार्ने अपेक्षा गरिएको छ।

रंगीन आकाशलाई निःशुल्क हेर्न मिल्ने शीर्ष आठ स्थान निम्न छन्ः

गोल्डेन बौहिनिया स्क्वायर, वानचाइ
गोल्डेन बौहिनिया स्क्वायर प्रदर्शनी केन्द्रको ठिक विपरीत छ। यहाँबाट संगीतका साथ क्लोज–अप दृश्य हेर्न सकिनेछ।

द पिक/माउन्ट हाइ वेस्ट
यहाँबाट आतिशबाजीको दृश्य माथि फर्केर हेर्नै पर्दैन। दूरी अलिक टाढा परे पनि लामो लेन्सको सहायताले फोटोग्राफरले राम्रै तस्बिर खिच्न सक्दछन्। हङकङ टापुको पश्चिमी भागमा अवस्थित यो ट्रेल सार्वजनिक यातायातमार्फत पुग्न सकिन्छ।

सेन्ट्रल हार्बरफ्रन्ट
यहाँका रेस्टुरेन्टमा बसेर भोजनसहित आनन्ददायी दृश्य हेर्न सकिनेछ।

चिमसा चोइ प्रोमेनेड
नजिकै रहेको क्लक टावरमा दृश्यावलोकनका लागि स्थानहरू रहेका छन्।

ब्रामर हिल/रेड इन्सेन्स बर्नर समिट
रमणीय दृश्यका साथै शान्त ठाउँको लागि यसलाई रोज्न सकिनेछ। यद्यपि, बाटोमा प्रकाशको समस्या हुनसक्ने हुँदा टर्च बोक्न भुल्नु हुँदैन।

पश्चिम काउलुन सांस्कृतिक जिल्ला
नयाँ गन्तव्यका रूपमा विकसित हुँदैछ। भिड हुने आँकलन गरिएकोले सार्वजनिक यातायात प्रयोग गर्नु बुद्धिमानी हुनेछ।

काइतक क्रुज टर्मिनल
टर्मिनल भवन र रनवे पार्कको रुफटपबाट मनोरञ्जक दृश्यमा रमाउन सकिनेछ।

आतिशबाजी शोमा ३१ हजार ८ सय ८८ पाइरोटेक्निकल डिस्प्ले राखिएको छ भने २३ मिनेसम्म चल्ने आठ दृश्यमा कोरियोग्राफ गरिएको छ।
एकता र जीवन्तताको प्रतिनिधित्व गर्दै प्रत्येक खण्डले हङकङको विगत, वर्तमान र भविष्यको प्रतीकात्मक चित्रण प्रस्तुत गर्ने दावी गरिएको छ।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .