हङकङमा हाइकिङ गएका व्यक्ति जब बेहोस भई ढले

हङकङमा हाइकिङ गएका व्यक्ति जब बेहोस भई ढले

म्याकलेहोज ट्रेलको प्रस्थान विन्दु। तस्बिर : विकिमिडिया


नेपालखबर
असोज ९, २०८० मंगलबार १७:४६, हङकङ

मंगलबार दिउँसो साइकुङको म्याकलेहोज ट्रेलमा पैदलयात्रामा निस्केका एक व्यक्ति अचानक ढले।

दिउँसो ३ बजे बेहोस भई ढलेका उनलाई सरकारी उडान सेवाको हेलिकोप्टरबाट पूर्वी जिल्ला अस्पताल पठाइयो। तर पनि उनी बाच्न सकेनन्, अस्पतालले मृत प्रमाणित गरिसकेको छ।

घटनाको कारण र परिस्थितिको बारेमा कानुन प्रवर्तन अधिकारीहरूले अनुसन्धान सुरु गरेको जनाइएको छ।

यो पैदलमार्गमा एक हप्ता अगाडि मोर्टार बम भेटिएको थियो। एक पैदलयात्रीले शंकास्पद वस्तु देखेर प्रहरीलाई खबर गरेपछि विस्फोटक पदार्थ डिस्पोजल ब्युरोले बमलाई निस्क्रिय पारेको थियो। म्याकलेहोज ट्रेल सेक्सन ६ मा उक्त शंकास्पद वस्तु भेटिएको हो।

म्याकलेहोज ट्रेल १०० किलोमिटर लामो पदमार्ग हो। यो पूर्वमा साइकुङ जिल्लाको पाकताम चुङबाट सुरु भएर पश्चिममा चुनमुन जिल्लाको चुनमुन टाउनमा गएर टुंगिन्छ।

पैदलयात्रीलाई सहज होस् भनी यो पैदल मार्गको हरेक ५०० मिटरको अन्तरालमा चिन्हहरू लगाइएको छ।

यो ट्रेलको नाम हङकङमा सबैभन्दा लामो समयसम्म सेवा गर्ने गभर्नर बारोन म्याकलेहोजको नामबाट राखिएको हो।

उनले आफ्नो कार्यकालमा कन्ट्री पार्कहरूको स्थापना गरेका थिए। उनी स्वयं उत्साही पदयात्री थिए।

यो हाइकिङ मार्ग प्राकृतिक दृश्यले भरिपूर्ण छ। यहाँ समुन्द्री तट र हिमालका प्राकृतिक दृश्यमा रमाउन सकिन्छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .