हङकङको नर्थ प्वाइन्टस्थित फ्ल्याटमा आगो लाग्यो, चार जना घाइते

हङकङको नर्थ प्वाइन्टस्थित फ्ल्याटमा आगो लाग्यो, चार जना घाइते

तस्बिर : द स्ट्याण्डर्ड


नेपालखबर
असोज १०, २०८० बुधबार ११:५१, हङकङ

हङकङको नर्थ प्वाइन्टस्थित यिङवोङ हाउसको एक फ्ल्याटमा आगो लागेको छ।

बुधबार बिहान भएको आगलागीबाट चार जना घाइते भएका छन्।

यिङवोङ हाउसमा रहेको आफ्नो फ्ल्याटमा आगलागी भएपछि एक व्यक्तिले बिहान पौने तीन बजेतिर प्रहरीलाई खबर गरेका थिए।

खबर पाएपछि घटनास्थल पुगेका अग्निनियन्त्रकहरूले उनीसहित अन्य तीन जनालाई उद्धार गरेका थिए।

ती तीन जनालाई अचेत अवस्थामा उद्धार गरिएको हो। उद्धार गरिएका चार जनालाई वानचाइको रुट्टोन्जी अस्पताल र चाइवानस्थित पामेला युडे नेदरसोल पूर्वी अस्पताल पठाइएको थियो।

अग्निनियन्त्रकहरूलाई आगो निभाउन आधा घण्टा समय लागेको थियो। बिहान सवा तीन बजे आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

घटनाबारे पूर्वी जिल्लाको क्षेत्रीय अपराध युनिटले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .