हङकङको एक निर्माण क्षेत्रमा कंक्रिट स्ल्याब खस्दा मजदुरको मृत्यु

हङकङको एक निर्माण क्षेत्रमा कंक्रिट स्ल्याब खस्दा मजदुरको मृत्यु

घटनास्थलमा सुरक्षाकर्मी लगायत। तस्बिर : द स्ट्याण्डर्ड


नेपालखबर
असोज ४, २०८० बिहिबार १२:२६, हङकङ

हङकङको युनलङस्थित एक निर्माण क्षेत्रमा कंक्रिटको स्ल्याब खस्दा त्यहाँ कार्यरत एक कामदारको मृत्यु भएको छ।

बिहीबार बिहान हङकङ हाउजिङ सोसाइटीको प्रोजेक्ट अन्तर्गत रहेको डेडिकेटेड रिहाउजिङ स्टेटको निर्माण क्षेत्रमा उक्त दुर्घटना भएको हो।

स्थानीय सञ्चारमाध्यमका अनुसार युनलङको हङपिङ र हङयुन रोडको बीचमा रहेको उक्त निर्माण क्षेत्रमा काम गरिरहेका मजदुरलाई करिब १x२ मिटरको कंक्रिटले टाउकोमा लागेपछि घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनालगत्तै आपत्‌कालीन कर्मचारीहरूलाई खबर गरिएको थियो। उनीहरूले पीडितको मृत्यु भएको पुष्टि गरेका हुन्।

अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन्।

डेडिकेटेड रिहाउजिङ स्टेट हङसुइ किउ/हाचुन क्षेत्रमा कंक्रिट मोड्युलमा निर्माण गर्न लागिएको पहिलो एकीकृत निर्माण परियोजना भएको दावी गरिएको छ।

हङकङ हाउजिङ सोसाइटीद्वारा निर्माण गरिएको यो परियोजना सन् २०२४ सम्म सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढिरहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .