हङकङ महावाणिज्यदूतावासले दियो नेम्वाङलाई श्रद्धाञ्जली

हङकङ महावाणिज्यदूतावासले दियो नेम्वाङलाई श्रद्धाञ्जली

फाइल तस्बिर


नेपालखबर
भदौ २६, २०८० मंगलबार १७:५३, हङकङ

मंगलबार बिहान निधन भएका नेकपा (एमाले)का उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति नेपाली कन्सुलेट जनरल, हङकङले श्रद्धाञ्जली अर्पण गरेको छ।

मंगलबार शोक वक्तव्य जारी गर्दै महावाणिज्यदूतावासले श्रद्धाञ्जली अर्पण गरेको हो।

वक्तव्यमा भनिएको छ, ‘प्रतिनिधि सभा सदस्य, संविधान सभा अध्यक्ष, नेकपा एमालेका उपाध्यक्ष तथा बौद्धिक एवम् शालीन नेता मा. सुवासचन्द्र नेम्वाङको असामयिक निधनले हामी स्तब्ध भएका छौं।

शोकको यस दुःखद् घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित शोकाकुल परिवारजनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं।’

नेम्वाङको मंगलबार राति हृदयघातका कारण मृत्यु भएको हो। बालुवाटरस्थित निवासमा हृदयघात भएपछि उनलाई महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको थियो।

अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .