हाइकिङ गएका हङकङका व्यक्ति मृत फेला, १७ दिनपछि भेटियो शव

हाइकिङ गएका हङकङका व्यक्ति मृत फेला, १७ दिनपछि भेटियो शव

बेपत्ता पैदलयात्रीको खोजीकार्यमा जुटेका अग्नि सेवा विभागका सदस्य तथा स्वयंसेवकहरू। तस्बिरहरू : ह्यान्डआउट/एससीएमपी


नेपालखबर
भदौ २६, २०८० मंगलबार १८:५५, हङकङ

एक्लै पैदलयात्रामा निस्केका हङकङका एक व्यक्ति १७ दिनपछि मृत भेटिएका छन्।

माअन शान कन्ट्री पार्कमा हाइकिङका लागि निस्केका ५७ वर्षीय निङ क्वक–लेङ घना जंगलमा मृत फेला परेका हुन्।

उनको शव मंगलबार वोङ चुक र माउ पिङको बीचमा पर्ने जंगलमा भेटिएको हो। उनले आफ्नो परिवारलाई अन्तिम पटक सम्पर्क गरेको १७ दिनपछि शव भेटिएको हो।

शवसँगै उनको घर फर्कने अनुमतिपत्र र सीमापार यात्राको लागि जारी गरिएको कागजात पनि भेटिएको छ।

२३ अगस्ट बुधबार एक्लै हाइकिङ निस्केका निङ त्यसै हप्ताको शनिबार अन्तिम पटक परिवारको सम्पर्कमा आएका थिए।

त्यतिवेला उनले आफ्नो शारीरिक अवस्था कमजोर हुँदै गएको, उभिनै नसक्ने स्थितिमा पुगेको तथा डिहाइड्रेसनबाट ग्रस्त भएको परिवारलाई बताएका थिए।

उनले आफ्नो फोनको ब्याट्री सकिन थालेको र बाहिर निस्कनको लागि सही मार्ग पत्ता लगाउन नसकिरहेको पनि बताएका थिए।

खोजीकार्यमा खटिएका उद्धारकर्ता

पैदलयात्री हराएको सूचना पाएसँगै सिभिल एड सर्भिस (क्यास), फायर सर्भिस र प्रहरीले खोजी कार्य सुरु गरेका थिए।

खोजी कार्यमा कन्ट्रीसाइड भोलिन्टियर सर्च टीम (सीभीएसटी) र अर्को भोलिन्टियर समूह हङकङ गार्जियनले पनि सघाएको थियो।

उनको खोजीकार्यमा झण्डै डेढ सय कर्मचारी परिचालित थिए।

खोजीकार्यमा जुटेका सिभिल एड सर्भिसका सदस्य

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .