बिहीबार र शुक्रबार परेको ब्ल्याक रेनका कारण हङकङका सडकहरू बाढीमय बने भने धेरै ठाउँमा पहिरो गयो।
भीषण वर्षाकै असरले शनिबार राति ताइतामस्थित लक्जरी स्टेट रेडहिल प्रायद्वीपको तटीय क्षेत्रमा पनि पहिरो गयो।
पहिरोका कारण यहाँका तीन वटा भवन जोखिममा परे। तटीय क्षेत्रका घर नं. ७०, ७२ र ७४ जोखिममा परेका हुन्।
यो प्राकृतिक विपत्सँगै ती ‘विलासी घर’का कानुनविपरीत पाटा पनि बाहिर आएका छन्। त्यहाँ अवैध संरचना बनाइएको खुलासा भएको हो।
यतिसम्म कि ती घरमा बसोबास गर्नेहरूले सरकारी निरीक्षकहरूको प्रवेश अस्वीकार गरेपछि निरीक्षणका लागि भवन विभागले अदालत गुहार्नुपरेको छ।
सरकारी अधिकारीहरूले बताएअनुसार घर नं. ७२ मा गैरकानुनी रूपमा सरकारी जग्गा ओगटेर संरचना बनाइएको छ।
त्यस्तै घर नं. ७० मा पनि अवैध संरचना रहेको खुलेको हो। त्यहाँ सबैभन्दा तल्लो पोडियममा ५x१३ मिटरको अवैध संरचना र त्यसको पछाडि ५x६ मिटरको बेसमेन्ट बनाइएको भेटिएको हो।
घर नं. ७४ को निरीक्षणमा त्यहाँका बासिन्दाले अवरोध गरेपछि निरीक्षण गर्न पाउनुपर्ने भनी अदालतमा निवेदन दिइएको छ।
लक्जरी इस्टेट सेलिब्रेटी तथा व्यापारिक घरानाका व्यक्तिहरूको बसोबास रहेको स्थानले परिचित छ।
Shares
प्रतिक्रिया