हङकङ : स्वास्थ्य केन्द्रको शौचालयमा महिलाबीच झगडा, एकजनाको ज्यान नै गयो

हङकङ : स्वास्थ्य केन्द्रको शौचालयमा महिलाबीच झगडा, एकजनाको ज्यान नै गयो

क्वुनतङ सामुदायिक स्वास्थ्य केन्द्र। तस्बिर : ह्यान्डआउट/एससीएमपी


नेपालखबर
भदौ १३, २०८० बुधबार १५:५८, हङकङ

हङकङको एक सामुदायिक स्वास्थ्य केन्द्रको शौचालयमा दुई महिलाबीच झगडा हुँदा एकको मृत्यु भएको छ।

क्वुनतङको हिपवो स्ट्रीटस्थित क्वुनतङ सामुदायिक स्वास्थ्य केन्द्रमा बुधबार उक्त झगडा भएको हो।

दुई महिलाबीच झगडा भएपछि त्यहाँ रहेका अन्यले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले एक महिलाको साथबाट चक्कु बरामद गरेको छ।

झगडा गर्नेहरू ७० र ५० वर्षका महिला हुन्। जसमध्ये ७० वर्षीया महिलाको मृत्यु भएको छ भने अर्की घाइतेको उपचार भइरहेको छ।

सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेपछि दुवै घाइतेलाई युनाइटेड क्रिश्चियन अस्पताल पठाइएको थियो। अस्पताल पठाउनुअघि नै ७० वर्षीया महिला बेहोस् थिइन्, पछि उनको मृत्यु भयो। अर्कीको त्यहीँ उपचार भइरहेको छ।

बुधबार दिउँसो ३ बजेतिर स्वास्थ्य केन्द्रको भुइँ तलामा रहेको शौचालयमा झगडा भएको हो।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .