सुपर टाइफुन साओला : हङकङ र मकाउले जारी गरे टी१ संकेत

मकाउले २ सेप्टेम्बरमा टी८ संकेत जारी गर्ने सम्भावना
सुपर टाइफुन साओला : हङकङ र मकाउले जारी गरे टी१ संकेत

टाइफुन साओला मंगलबार ताइवानको उत्तरतर्फ सर्दै गरेको उपग्रह छवि। तस्बिर : एनआईसीटी / द न्युयोर्क टाइम्स


नेपालखबर
भदौ १३, २०८० बुधबार १७:२७, हङकङ

सुपर टाइफुन साओला सहर नजिक आएसँगै हङकङ र मकाउले टी१ संकेत जारी गरेका छन्।

साओला सहरको ८०० किलोमिटरभित्र दूरीमा आएको भन्दै दुई सहरले टी१ संकेत जारी गरेका हुन्।

मकाउले स्थानीय समय दिउँसो ४ः३० बजे र हङकङले स्थानीय समय साँझ ५ः४० बजे संकेत जारी गरेका हुन्।

हङकङ अब्जर्भेटरीका अनुसार हङकङमा साओला साँझ ६ बजे सहरको ६१० किलोमिटर दूरीमा आइपुगेको थियो।

यो दक्षिण चीन सागरको उत्तरपूर्वी भागमा लगभग १५ किलोमिटर प्रतिघण्टाको गतिमा सर्दै गरेको र पूर्वी ग्वाङजङको तटमा पुग्ने अनुमान छ।

ग्वाङजङ प्रान्ततर्फ सर्दै गएको साओला शुक्रबारपछि भने कमजोर हुँदै जाने तथा शनिबारसम्म पर्ल नदीनजिक पुग्ने अब्जर्भेटरीको अनुमान छ।

यसैगरी बुधबार दिउँसो टी१ संकेत जारी गरेको मकाउले १ सेप्टेम्बर दिउँसोदेखि टी३ संकेत जारी गर्ने र २ सेप्टेम्बरमा टी८ संकेत जारी गर्न सकिने मकाउको स्थानीय मौसम विज्ञान ब्युरोले जनाएको छ।

ब्युरोले आँधी ग्वाङजङको पूर्वी भागतर्फ जाने र पर्ल रिभर नजिक पुग्ने सम्भावना रहेको बताएको छ।

बुधबार दिउँसो २ बजेसम्म साओला मकाउबाट करिब ७३० किलोमिटरको दूरीमा थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .