हङकङको एक सिकाइ केन्द्रका सञ्चालकमाथि बाल यौन दुर्व्यवहारको आरोप, अनुसन्धान सुरु

हङकङको एक सिकाइ केन्द्रका सञ्चालकमाथि बाल यौन दुर्व्यवहारको आरोप, अनुसन्धान सुरु

तस्बिर : एससीएमपी


नेपालखबर
भदौ ११, २०८० सोमबार १८:४७, हङकङ

हङकङको एक सिकाइ केन्द्र (ट्युटोरियल सेन्टर)का सञ्चालकमाथि बाल यौन दुर्व्यवहारको आरोप लागेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

सेन्टरका सञ्चालकले दुई विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अनुसन्धान सुरु गरेको हो।

त्यस्तै, सेन्टरमा रहेका अन्य २० विद्यार्थी पनि दुर्व्यवहारमा परे/नपरेकोतर्फ पनि अनुसन्धान केन्द्रित हुने भएको छ।

४३ वर्षीय सञ्चालकलाई १६ वर्षमुनिका दुई बालकमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको हो।

गत बिहीबार बालकका परिवारले उनीहरू दुर्व्यवहारमा परेको तथा भिडिओ टेपको शिकार भएको उजुरी काउलुन पश्चिम क्षेत्रीय अपराध इकाइमा दिएका थिए।

त्यसको भोलिपल्ट अधिकारीहरूले सेन्टरमा छापा मारी सञ्चालकलाई पक्राउ गरेका हुन्।

पक्राउ गर्दा उनको साथबाट तीन वटा मोबाइल र एउटा यूएसबी हार्डडिस्क पनि बरामद गरिएको छ।

पीडित बालकहरू करिब एक वर्षदेखि उक्त केन्द्रमा पढिरहेका थिए।

केन्द्रमा अध्ययनरत अन्य विद्यार्थी ८ देखि १३ वर्ष उमेर समूहका छन्। उनीहरूसँग पनि प्रहरीले परामर्श गर्नेछ। परामर्शको क्रममा मनोविज्ञानको टोली आवश्यक परेमा सो पनि खटाउने प्रहरीको तयारी छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले उक्त केन्द्र सरकारी निकायमा विधिवत् रूपमा दर्ता समेत नभएको पत्ता लगाएको छ।

घटना बाहिरिएसँगै हाल उक्त सेन्टर बन्द गरिएको छ भने अभिभावकहरूले बुझाएको अग्रिम भुक्तानी फिर्ता गर्न लगाइने छ।

उक्त केन्द्रमा अरू कसैले यौन दुर्व्यवहार भोगेको वा अन्य कुनै अपराध भोगेको भए वेस्ट काउलुन बाल दुर्व्यवहार अनुसन्धान इकाइको फोन नम्बर +८५२ ३६६१ ८३७७ मा खबर गर्न प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .