बिहीबार हङकङको तिन सुइ वाइमा लाइट ट्रेनसँग डेलिभरी भ्यान ठोक्किँदा चार जना घाइते भएका छन्।
६८ वर्षीय पुरुषले चलाएको भ्यान तिन सुइ रोडबाट तिन सुइ स्टेटतर्फ जाँदै गर्दा तिन सुइ स्टप नजिकै दुर्घटना भएको हो।
दुर्घटनामा भ्यानमा रहेका ५७ देखि ६२ वर्षका तीन महिला र ट्रेनमा सवार ३२ वर्षीया महिलालाई सामान्य चोट लागेको बताइएको छ।
चारै जना महिलालाई उपचारका लागि तिन सुइ वाइ अस्पताल लगिएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी स्रोतले बतायो।
99
Shares
प्रतिक्रिया