हङकङमा सुपर टाइफुनको सम्भावना टर्दै, टी१ संकेत भने यथावत्

हङकङमा सुपर टाइफुनको सम्भावना टर्दै, टी१ संकेत भने यथावत्

बिहीबार तुँवालोले ढाकेको हङकङ। तस्बिर : एससीएमपी


नेपालखबर
साउन ११, २०८० बिहिबार ११:१७, हङकङ

हङकङमा बुधबार सुपर टाइफुन आउने पूर्वानुमान गरिएको भएता पनि स्थिति त्यस्तो रहेन।

यद्यपि टी१ संकेत भने जारी नै रहने अब्जर्भेटरीले जनाएको छ। किनकि टाइफुन डोक्सुरी बिहीबार दिनभर सहरबाट ५०० किमीकै वरपर रहने अनुमान गरिएको छ।

अब्जर्भेटरीका अनुसार टाइफुन डोक्सुरी दक्षिण चीन सागरको उत्तरपूर्वी भाग पार गर्दै दक्षिणी फुजियानतर्फ सर्दैछ।

यद्यपि सर्वसाधारणलाई तटीय क्षेत्रबाट टाढा रहन र वाटर स्पोर्टस् नगर्न अब्जर्भेटरीले भनेको छ।

हङकङमा बिहीबार पनि गर्मी हुने जनाइएको छ। ३५ डिग्री सेल्सियसको वरिपरि तापक्रम रहने मौसमविद्हरूले बताएका छन्।

बिहीबारपछि सप्ताहन्तमा भने मेघगर्जनसहित वर्षाको सम्भावना रहेको बताइएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .