जापानी समुद्री खानामा प्रतिबन्ध लगाउँदै हङकङ

जापानी समुद्री खानामा प्रतिबन्ध लगाउँदै हङकङ

नेपालखबर
साउन ६, २०८० शनिबार १०:५, हङकङ

हङकङले जापानी समुद्री खाना प्रतिबन्ध लगाउने तयारी गरेको छ।

विश्वमा जापानी माछाको सबैभन्दा ठूलो खरिदकर्ता हङकङले फुकुसिमाबाट प्रशोधित रेडियोएक्टिभ पानीलाई जापानले समुद्रमा छोड्ने योजना अगाडि बढाए देशका १० प्रान्तबाट समुद्री खाना आयातमा प्रतिबन्ध लगाउने बताएको हो। जसमा फुकुसिमा, चिबा, गुन्मा, इबाराकी र तोचिगीलगायतका प्रान्त समावेश छन्।

समुद्रमा आणविक फोहोर विसर्जन भएमा स्वास्थ्य जोखिम हुने भन्दै  जापानी समुद्री खाना प्रतिबन्ध लगाउनुपर्ने हङकङ सरकारमा प्रमुख कार्यकारी अधिकृत जोन लीले बताए।

उनले देशका शीर्ष कूटनीतिज्ञसँग जापानबाट आउने १० प्रकारका खाद्यान्नमा प्रतिबन्ध लगाउन आवश्यक रहेको छलफल पनि गरेका छन्। कूटनीतिज्ञसँगको छलफलमा लीले भने, 'हङकङ सरकारले खाद्य सुरक्षा र नागरिकहरूको स्वास्थ्य सुरक्षाका लागि प्रतिबन्ध आवश्यक देखिन्छ।'

प्रतिबन्धमा जिउँदो, फ्रिज गरिएका र सुख्खा तथा अन्य सबै उत्पादन समावेश हुने बताइएको छ।

जापानले सन् २०२१ अप्रिलमा फुकुशिमा आणविक ऊर्जा संयन्त्रको फोहोर पानी समुद्रमा उत्सर्जन गर्न निर्णय गरेको थियो। उक्त निर्णयको विश्व समुदायबाटै विरोध भएको थियो। जापानमै १ लाख ८० हजार सर्वसाधारणले उक्त निर्णयको संयुक्त रुपमा विरोध गरेका थिए।

तर जापान सरकारले विरोधको बेवास्ता गर्दै उक्त समुद्रमा फोहोर विसर्जनको योजना अघि बढाएको थियो। जसअनुसार सबै पूर्वाधार निर्माण गरी अगस्टदेखि फोहोर विसर्जन गर्ने तयारी जापानले गरेको छ।

हङकङमा जापानी खाना धेरै लोकप्रिय छ। त्यहाँ २ हजार बढी जापानी रेस्टुरेन्ट छन्। गत वर्ष मात्रै हङकङले कुल आयातको २ प्रतिशत जापानी समुद्री खाना आयात गरेको तथ्यांक छ। जबकि यो तथ्यांक सन् २०२१ मा २१ प्रतिशतभन्दा बढी थियो।

तर जापानका कन्सुल जनरल ओकाडा केनिचीले हङकङले जापानी सामुद्री खाना प्रतिबन्ध लगाउनु खेदजनक रहेको बताएका छन्। उनले उक्त निर्णयमा लीले पुनर्विचार गर्नुपर्ने माग गरेका छन्। रेडियोधर्मी पदार्थ हटाउन प्रयोग गरिने फिल्टरेशन प्रणालीबाट गुज्रिएपछि प्रशोधित फोहोर पानी सुरक्षित हुने दावी उनको छ।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .