हङकङकी चर्चित गायिका कोको लीको श्रद्धाञ्जलीमा फूलको साटो दान दिन अपिल

हङकङकी चर्चित गायिका कोको लीको श्रद्धाञ्जलीमा फूलको साटो दान दिन अपिल

अगस्ट २०१८ मा फ्यानहरूका साथ कोको ली। तस्बिर : वीबो


नेपालखबर
साउन ५, २०८० शुक्रबार १२:४४, हङकङ

चर्चित गायिका कोको लीको श्रद्धाञ्जलीमा फूल पठाउनुको साटो दान दिन परिवारले अनुरोध गरेको छ।

लीको मृत्युको शोकमा रहेका शुभचिन्तकहरूलाई फूल पठाउनुभन्दा सामुदायिक हेरचाह कोष (सीसीएफ) वा क्वीन मेरी हस्पिटल च्यारिटेल ट्रस्ट (क्यूएमएचसीटी) मा दान गर्न परिवारले अनुरोध गरेको हो।

चर्चित हङकङ–अमेरिकी पप–स्टार कोको लीको  ४८ वर्षको उमेरमा यही जुलाई ५ मा निधन भएको थियो। उनको अन्तिम संस्कार ३१ जुलाईमा नर्थ पोइन्टस्थित हङकङ फ्युनरल होममा हुँदैछ।

नर्थ पोइन्टस्थित हङकङ फ्युनरल होम। तस्बिर : ह्यान्डआउट

लीको परिवारले शुक्रबार प्रकाशित गरेको श्रद्धाञ्जली नोटमा जुलाई ३१ को साँझ ६ बजेदेखि राति १० बेजसम्म हुने उनको अन्तिम संस्कारमा उनका साथी र फ्यानहरूलाई फूल पठाउनुको सट्टा दुईवटा परोपकारी संस्थालाई चन्दा दिन अपिल गरिएको छ।

‘कोकोको निधनले उनका फ्यान र प्रियजनमा ठूलो चोट पुर्‍याएको छ। यद्यपि, छोटो समयमा उनले संगीत क्षेत्रमा गरेको योगदान सधैँ जीवित रहनेछ,’ श्रद्धाञ्जली नोटमा परिवारले भनेको छ, ‘उनी संगीत उद्योगमा एक चम्किलो ताराको रूपमा चम्किइरहनेछिन्, जसको ज्योति कहिल्यै निभ्ने छैन।’

परिवारका अनुसार ३१ जुलाईमा लीको सार्वजनिक अन्तिम संस्कार हुनेछ भने १ अगस्ट बिहान ९ बजे पारिवारिक दाहसंस्कार हुनेछ।

सीसीएफ सन् २०११ मा सरकारद्वारा स्थापना गरिएको परोपकारी संस्था हो। जसको उद्देश्य आर्थिक रूपमा विपन्नहरूलाई मद्दत गर्नु हो।

क्वीन मेरी अस्पताल। तस्बिर : एससीएमपी

त्यस्तै, क्यूएमएचसीटीले अनुदानमा प्राप्त रकमलाई बिरामी–उन्मुख परियोजना, सार्वजनिक अस्पतालहरूको स्तरोवृद्धि तथा औषधिको अनुसन्धानमा खर्च गर्ने बताइएको छ।

गायिका कोको ली सन् १९७५ मा हङकङमा जन्मिएकी हुन्। ९ वर्षको उमेरदेखि अमेरिकाको सान फ्रान्सिस्कोमा बिताएकी उनी सन् १९९३ मा हङकङ फर्किन् र यतै करिअर बनाइन्।

मृत्यु हुनुभन्दा केही वर्षअघिदेखि ली डिप्रेसनमा रहेकी बताइन्छ। अन्तिम समयमा आत्महत्याको प्रयास गरेकी उनको ५ जुलाईमा क्वीन मेरी अस्पतालमा निधन भयो।

कोको ली

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .