हङकङमा विद्युतीय वाटर हिटर पड्किँदा दुई जना घाइते

हङकङमा विद्युतीय वाटर हिटर पड्किँदा दुई जना घाइते

विस्फोटबाट फुटेको झ्यालको सिसा। तस्बिरहरू : एससीएमपी


नेपालखबर
साउन २, २०८० मंगलबार १६:०, हङकङ

हङकङको शातिनस्थित एक फ्ल्याटमा मंगलबार विद्युतीय वाटर हिटर पड्किँदा दुई जना घाइते भएका छन्।

घटना मंगलबार बिहान १०ः३९ बजे भएको हो। शातिनको ताइ–वाइ रोडस्थित ६ तले फु चिओङ हाउसको माथिल्लो तलामा उक्त घटना घटेको हो।

फु चिओङ हाउसको माथिल्लो तलामा एक १७ वर्षीया युवतीले पानी तताउनका लागि हिटर अन गर्दा पड्किएको जनाइएको छ।

प्रहरीका अनुसार हिटर वन गरेर युवती पानी तात्ने पर्खाइमा बैठक कोठामा बसिरहेकी थिइन्। एकैछिनमा ठूलो आवाजसहित विस्फोट भयो।

जानकारहरूका अनुसार विस्फोट भएपछि घरका सामान यत्रतत्र उडेका थिए भने किशोरी पनि घाइते भइन्। यो घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

विस्फोटपछि फुटपाथमा खसेका सिसा तथा कंक्रिटका टुक्रा। प्रहरीले यस स्थानलाई घेराबन्दी गरेर राखेको छ।

विस्फोटबाट फुटेका सिसा तथा कंक्रिटका टुक्रा फुटपाथसम्म खसेका थिए। यसै क्रममा एक पैदलयात्रु ६२ वर्षीय पुरुष घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ।

प्रहरीले सिसा तथा कंक्रिट खसेको उक्त क्षेत्रलाई घेराबन्दी गरेको छ।

प्रहरीका अनुसार घाइते किशोरी र पैदलयात्रीलाई उपचारका लागि प्रिन्स अफ वेल्स अस्पतालमा लगिएको छ।

विस्फोट सर्ट सर्किटका कारण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

घटनालगत्तै अग्नि नियन्त्रकहरू तैनाथ गरिनुका साथै भवन विभाग, विद्युतीय तथा यान्त्रिक सेवा विभाग र विद्युत् आपूर्तिकर्ता सीएलपी पावरका कर्मचारीहरूलाई घटनास्थलमा बोलाइएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .