हङकङका चार विश्वविद्यालय एसियाको उत्कृष्ट सूचीमा, एचकेयू पाँचौँ वर्ष निरन्तर चौथो स्थानमा

हङकङका चार विश्वविद्यालय एसियाको उत्कृष्ट सूचीमा, एचकेयू पाँचौँ वर्ष निरन्तर चौथो स्थानमा

हङकङ विश्वविद्यालय


नेपालखबर
असार १०, २०८० आइतबार १२:३४, काठमाडौँ

हङकङका ४ विश्वविद्यालयहरूले शैक्षिक सुधार गरी उत्कृष्ट सूचीको वरीयतामा स्थान बढाएका छन्।

हङकङ विश्वविद्यालय पछिल्ला पाँच वर्षयता एसियाको उत्कृष्ट चौथो स्थानमा छ। यस वर्ष पनि उक्त शैक्षिक संस्था त्यो स्थान कायम राख्न सफल भएको हो।

बाँकी चार विश्वविद्यालयले आफ्नो वरीयतामा सुधार गरेका छन्।

एसियाका उत्कृष्ट विश्वविद्यालयहरूको मापन गर्ने संगठनले गरेको अध्ययन अनुसार चाइनिज युनिभर्सिटी अफ हङकङ सातौँबाट छैटौँ स्थानमा उक्लिएको छ। यसैगरी युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी सातौँ स्थानमा छ। अघिल्लो वर्ष यो विश्वविद्यालय नवौँ स्थानमा थियो।

यसैगरी पोलिटेक्निक युनिभर्सिटी (पोलियु) १५औँबाट एक स्थान माथि उक्लिएर १४औँ मा र सिटी युनिभर्सिटीले बलियो सुधार गर्दै २४ औँबाट १६६ औँ स्थानमा पुगेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .