गैर-आवासीय नेपाली संघ हङकङले नयाँ सदस्यता वितरण र अद्यावधिकको समय फेरि थप्यो

गैर-आवासीय नेपाली संघ हङकङले नयाँ सदस्यता वितरण र अद्यावधिकको समय फेरि थप्यो

फाइल तस्बिर।


नेपालखबर
असार ९, २०८० शनिबार १८:३९, हङकङ

एनआरएनए हङकङले दोस्रो पटक पुन: नयाँ सदस्यता वितरण र अद्यावधिक (२०२३-२०२५) को म्याद थप गरेको छ। पहिलो पटक थप गरिएको समय अनुसार २३ जुनसम्म समय राखिएकोमा फेरि एक हप्ता थपिएको हो।

२३ जुनमा बसेको एनआरएनए हङकङको बैठकले आगामी ३० तारिखसम्मको लागि सदस्यता वितरण तथा नवीकरणको म्याद थपेको हो।

संस्थाले विज्ञप्ति निकाल्दै भनेको छ, ‘अक्टोबरमा हुने गैरआवासीय नेपाली संघ (आईसीसी) को ११औं महाधिवेशन संयुक्त रूपमा गर्ने संकल्प गर्दै सहमति, सहकार्य र एकताका लागि गरिएको बुँदा नं. २.३ अनुसार MIS System बाट फेसियल भेरिफिकेसन प्रयोग गरी एनसीसीले निर्धारण गरेको प्रक्रिया तथा मापदण्ड पूरा गरी रजिष्टर गर्ने समय ३० जुन २०२३ सम्म कायम राख्ने गरी सहमति भएको हुँदा त्यसै अनुसार ३० जुन २०२३ सम्म नयाँ सदस्यता वितरण तथा सदस्यता अद्यावधिक गर्ने समय राख्ने निर्णय गरिएको जानकारी गराउँदछौं ।’

हेर्नुस् विज्ञप्ति-

यसअघि नयाँ सदस्य बन्न र बनाउन हानथाप हुने हङकङमा यसपटक म्याद थप्दा समेत २० प्रतिशतले पनि सदस्यता नवीकरण नगरेको स्रोतको दावी छ।

यो सँगै सधैं चुनावी सरगर्मी छाउने हङकङ यस पटक भने शान्त देखिएको र यसले आगामी चुनावमा नयाँ ट्वीस्ट ल्याउन सक्ने सरोकारवालाहरू बताउँछन्।
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .