गत सोमबारदेखि करिब एक सयको संख्यामा लगातार आन्दोलन भइरहँदा आइतबारसमेत सयभन्दा बढीले प्रदर्शन गरेको एससीएमपीले जनाएको छ।
आइतबार पानी परिहँदा पनि प्रदर्शनकारीले छाता ओढेर सरकारविरुद्ध नारा लगाउँदै प्रदर्शन गरेका थिए।
शनिबार मुख्य क्षेत्र चीनका नागरिकले संचालन गरेको पसल अगाडि ‘घर फर्क’ भन्दै नारा लगाएका प्रदर्शनकारीले आइतबार ‘पाँच माग पुरा गर’ भन्दै प्रदर्शन गरेका थिए।
हङकङको सेन्ट्रल क्षेत्रमा उनीहरुले ‘पाँच माग सबै पुरा हुनुपर्ने’ भन्दै विरोध जनाएका थिए।
केही समययता साम्य बनेको हङकङको वातावरण प्रदर्शनका कारण फेरि चर्को बन्ने संकेत देखिएको छ।
हङकङ सरकारले सुपुर्दगी विधेयकलाई पारित गर्ने प्रयास गरेपछि हङकङबासीले लामो समयदेखि प्रदर्शन गरिरहेका थिए।
आन्दोलन हिंस्रक बन्दै गएपछि हङकङकी कार्यकारी प्रमुख क्यारी लामले विधेयक फिर्ता लिएकी थिइन्।
यद्यपी आन्दोलनकारीको माग क्यारी लामको राजीनामा र हङकङ थप स्वतन्त्र हुनुपर्ने भएपछि प्रदर्शन रोकिन सकेको छैन।
लामाले सर्वसाधारणको विचार सुन्ने, नागरिकसँग छलफल गर्ने कार्यक्रम गर्ने भने पनि मानिसहरुले त्यो विषय मानिरहेका छैनन्।
हङकङको आन्दोलन झन्डै ७ महिनायता जारी छ।
प्रतिक्रिया