क्रिसमसको दिन हङकङमा सरकार विरोधी प्रदर्शन, प्रहरीले प्रहार गरे अश्रु ग्याँस

क्रिसमसको दिन हङकङमा सरकार विरोधी प्रदर्शन, प्रहरीले प्रहार गरे अश्रु ग्याँस

नेपालखबर
पुस ९, २०७६ बुधबार १२:१८,

क्रिसमस इभमा समेत प्रदर्शनकारीले प्रदर्शन गरेका थिए। बुधबार प्रदर्शनकारीले सा तिनस्थित न्यु टाउन प्लाजा, मङ ककस्थित लङहाम प्लेसमा प्रदर्शन गरेका थिए।

सयौंको संख्यामा रहेका प्रदर्शनकारीहरु सांघाइ स्ट्रिटतर्फ बढ्न खोजेपछि प्रहरीले उनीहरुमाथि अश्रु ग्याँस तथा पिपर स्प्रे प्रयोग गरेका थिए।

क्रिस्मसकै दिन प्रदर्शनकारीले आन्दोलन गरेपछि हङकङकी प्रमुख क्यारी लामले भनिन्,‘यो अवैधानिक गतिविधिले चाडको रौनकलाई विगारेको छ। स्थानीयको व्यापारमा धक्का दिएको छ।’

Anti-government protesters in Langham Place in Mong Kok on December 25. Photo: Felix Wong

लामले फेसबुकमा भनेकी छिन्,‘सरकारले कानुनअनुसार हङकङमा शान्ति र स्यायित्व पुनः स्थापना गर्ने प्रयत्न गरिरहेको छ।’

एससीएमपीका अनुसार प्रदर्शनकारीले मंगलबार एमटिएर स्टेसन तथा पसलहरुमा तोडफोड गरेका थिए। उनीहरुले मङ ककस्थित एमटिआर स्टेसन नजिक पेट्रोल बम प्रहार गरेका थिए।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .