हङकङमा तोडफोड भएको पोलिटेक्निक युनिभर्सिटी आगामी महिना संचालनमा आउने

हङकङमा तोडफोड भएको पोलिटेक्निक युनिभर्सिटी आगामी महिना संचालनमा आउने

नेपालखबर
पुस ८, २०७६ मंगलबार १०:५८,

प्रदर्शनकारीले नियन्त्रणमा लिएपछि पोलिटेक्निक युनिभर्सिटी रणभूमि बनेको थियो।

उनीहरुले उक्त विश्वविद्यालय भित्रैबाट प्रहरीलाई पेट्रोल बम, रासायनिक बम, ढुंगा लगायतका सामाग्री प्रहार गरेका थिए।

प्रदर्शनकारीले विश्वविद्यालयका विज्ञान प्रयोगशाला, झ्याल ढोका पूर्ण रुपमा तोडफोड डरेका थिए।

पोलिटेक्निक विश्वविद्यालयका अधिकारीका अनुसार भवन मर्मत गर्न समय लाग्ने भएकाले पुनः संचालनमा आउन समय लागेको हो।

प्रहरीका अनुसार प्रदर्शनकारीले विज्ञान प्रयोगशालाबाट रसायन, ग्याँसहरु मिसाएर घातक हतियार बनाएका थिए। उक्त विश्वविद्यालयको हावाको गुणस्तर कतिको स्वच्छ छ भन्नेबारे पनि यतिबेला परीक्षण भइरहेको छ।

पोलिटेक्निक विश्वविद्यालय गत नोभेम्बर १७ देखि २७ सम्म आन्दोलनकारीले नियन्त्रणमा लिएका थिए।

जिल्ला परिषद्को निर्वाचन हुन अगाडि मात्र आन्दोलन केही साम्य बनेको थियो। उक्त निर्वाचनमा आन्दोलनकारी पक्षधरले बहुमत हासिल गरेका थिए। एससीएमपी

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .