हङकङमा चीनका पूर्वराष्ट्रपति चियाङ चमिनको निधनको शोक मनाइने भएको छ। मंगलबार सहरभरि शोक समारोह आयोजना गरिएको छ।
सोही दिन चमिनको बेइजिङमा अन्तिम संस्कार गरिँदैछ।
सरकारी कर्मचारीहरुले तीन मिनेट मौनधारण गर्नेछन् भने मनोरञ्जनात्मक गतिविधि नगर्न आह्वान गरिएको छ।
एक सरकारी प्रवक्ताले मुख्यभूमिका स्वदेशीसँगै हङकङबासीले पनि शोक मनाउने बताए।
राष्ट्रिय र क्षेत्रीय झण्डा सबै आधा झुकाउन भनिएको छ। सरकारले अन्य संस्थाहरुलाई पनि त्यसै गर्न आह्वान गरेको छ।
एजुकेसन ब्युरोले किन्डरगार्टेनसहित सबै स्कुलमा झण्डा आधा झुकाउन भनेको छ। एससीएमपी
1.2k
Shares
प्रतिक्रिया