हङकङमा तीन वर्षअघि भएको सरकारविरोधी आन्दोलनमा प्रहरीको पेस्तोल खोस्ने प्रयास गरेको आरोप लागेका एक युवालाई अदालतले ६ वर्षको जेल सजाय सुनाएको छ।
विभिन्न तीन मुद्दामा उनलाई उक्त समयको जेल सजाय सुनाइएको हो। उनीमाथि प्रहरीको पेस्तोल खोस्ने प्रयास गरेको र हिरासतबाट भाग्ने प्रयास गरेको आरोप पनि २३ वर्षीय युवा प्याट्रिक चोउ पाक क्वानमाथि उनीमाथि छ।
बुधबार हङकङको एक जिल्ला अदालतले ती युवाले अदालतमा पनि गलत दाबी पेश गर्दै भ्रममा राख्न प्रयास गरेको पनि उल्लेख गरेको छ।
सन् २०१९ को नोभेम्बर ११ मा हङकङको आन्दोलनमा ती युवाले प्रहरीमाथि आक्रमणका साथै पस्तोल खोस्ने प्रयास गरेका थिए। सो क्रममा प्रहरीले उनीमाथि गोली चलाएको थियो।
उनीमाथि प्रहरीले चलाएको गोलीको विषयमा पनि विवाद उत्पन्न भएको थियो।
यस विषयमा भने यसअघि नै अदालतले उनीमाथि गोली चलाउनु पूर्णरुपमा न्यायसंगत रहेको उल्लेख गरेको थियो।
Shares
प्रतिक्रिया