चीनको गुआङडोङ प्रान्तले हङकङमा १२ जना डाक्टर पठाउने भएको छ।
पछिल्लो समय हङकङमा देखिएको जनशक्ति अभावको समस्या समाधानको लागि अघि सारिएको नयाँ एक्सचेन्ज कार्यक्रमअन्तर्गत गुआङडोङले हङकङको निजी क्षेत्रको लागि स्वास्थ्यक्षेत्रका विशेषज्ञहरु हङकङ पठाउन लागेको हो।
हस्पिटल अथोरिटीका अध्यक्ष हेनरी फान हुङलिङका अनुसार हङकङ पठाइने डाक्टरहरु प्रान्तीय स्वास्थ्य कमिसनले छनोट गरेको हो।
उनीहरु ग्रेटर बे एरिया हेल्थकेयर ट्यालेन्ट्स भिजिटिङ प्रोग्रामअन्तर्गत हङकङ आउन लागेका हुन्। हङकङ आउन लागेका डाक्टरहरु निकै अनुभवी रहेको उनले बताएका छन्।
द ग्रेटर बे एसिया योजना बेइजिङले विभिन्न नौ सहरमा जनशक्ति व्यवस्थापनको लागि ल्याएको योजना हो। हङकङको आधिकारिक तथ्यांकअनुसार सन् २०३० सम्म सहरमा १ हजार ६ सय डाक्टर र २ हजार ७ सय नर्स अभाव हुन सक्छ।
त्यसैले पनि आगामी दिनमा स्वास्थ्य क्षेत्रमा कामदारहरुको अभाव हुन सक्ने अधिकारीहरुले चिन्ता व्यक्त गर्दै आएका छन्।
Shares
प्रतिक्रिया