काउलुन मोटर बस कम्पनीका डबल डेकर यात्रुवाहक बस बुधबार अपराह्न करिब ४ः१५ बजे हङकङको उत्तरी भाग सेङ सुईस्थित फानलिङ हाईवेमा दुर्घटनामा परेको हो।
बसले नियन्त्रण गुमाउँदा सडक छेउको रुखमा ठोक्किन पुगेको थियो। रुखमा ठोक्किँदा तीन यात्रीहरु उछिट्टिएका थिए।
बारुण सेवा बिभागका अनुसार १० फायर इञ्जिन, १६ एम्बुलेन्स र एउटा मोबाइल दुर्घटना उपचार केन्द्र घटनास्थलमा खटाइएको छ।
साँझ ५ः२६ सम्म ६ को मृत्यु र ४० भन्दा बढी घाइते भएको सरकारी प्रवक्ताले बताएको छ।
दुर्घटनास्थलमा ठूलो मात्रामा एम्बुलेन्स र शव वाहनहरु तैनाथ गरिएको छ। साथै बसमा च्यापिएका घाइतेहरुलाई स्ट्रेचरहरुबाट उद्धारकर्मीहरुले निकालिरहेका छन्।
दुर्घटनामा मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ। घाइतेहरुलाई उपचारका निम्ति नजिकैको अस्पतालमा लाने क्रम जारी रहेको छ।
दुर्घटनाबारे प्रहरी अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया