हङकङको डि फ्याक्टो केन्द्रीय बैंकले स्थानीय मुद्रालाई सहयोग गर्न मौद्रिक हस्तक्षेप गरेको छ। हङकङको तरलता एक खर्ब हङकङ डलरभन्दा कममा झरेसँगै केन्दीय बैंकले नयाँ कदम चालेको हो।
हङकङ मनिटरी अथोरिटी (एचकेएमए)ले ३८ करोड ९० लाख अमेरिकी डलर सञ्चिति बिक्री गरेर सोही बराबरको ३ अर्ब ५ करोड एचके डलर साटको हो। स्थानीय मुद्रा कमजोर बनेसँगै केन्द्रीय बैंकले नयाँ निर्णय गरेको हो।
एचकेएमएले यस वर्ष विभिन्न ४० पटकको हस्तक्षेपमा २ खर्ब ४१ अर्ब एचके डलरभन्दा धेरै रकम खरिद गरेको छ।
यससँगै अब केन्द्रीय बैंकसँगको तरलता ९६ अर्ब ७७ एचके डलरमा झरेको छ। सन् २०२० को जुनयता पहिलोपटक तरलता एक खर्ब एचकेडलरभन्दा कममा झरेको हो।
हङकङको केन्द्रीय बैंकले पहिलोपटक मे ११ मा मौद्रिक हस्तक्षेप गरेको थियो। त्यसयता अहिलेसम्म तरलता ७१ प्रतिशतले घटिसकेको छ।
बजारमा तरलता अभाव हुँदै गएसँगै गत बिहीबार एचकेएमएले ब्याजको आधार दर पनि ३.५ प्रतिशतबाट बढाएर ४.२५ प्रतिशतमा पुर्याएको थियो।
Shares
प्रतिक्रिया