इथियोपियाबाट हङकङ आइपुगेका एक हवाइ यात्रु करिब १२ लाख हङकङ डलर मूल्यको शंकास्पद कोकिनसहित पक्राउ परेका छन्।
आइतबार उनी ब्यांकक हुँदै हङकङ आइपुगेका थिए। होटल बुक नगरेका उनी सानो झोला लिएर भन्सारबाट निस्किन खोजेका थिए।
भन्सार अधिकारीहरुले शंका गरेर उनलाई अस्पतालमा परीक्षणका लागि पठाएका थिए।
उनको शरीरभित्र शंकास्पद कोकिनका ५९ गोली फेला परेको प्रहरीले जनाएको छ। जसको तौल १२ सय ग्राम छ।
छानबिन टोलीका एक सदस्यले उनको शरीरबाट थप लागुऔषध फेला पर्नसक्ने जनाएका छन्। एससीएमपी
1.0k
Shares
प्रतिक्रिया