हङकङमा करिब २ करोड २० लाख हङकङ डलर मूल्यको एउटा नेकलेस लुटिएपछि प्रहरीले लुटेराको व्यापक खोजी थालेको छ। सिम सा सुइस्थित एक ज्वेलरी स्टोरबाट सोमबार सो नेकलेस लुटिएको हो।
प्रहरीले कम्तीमा तीन जना शंकास्पदको खोजी गरिरहेको छ। क्यान्टन रोडस्थिति एम्पेरर वाच एन्ड ज्वेलरी पसलबाट १२:१० बजे दुई व्यक्ति सो नेकलेस थुतेर भागेका थिए। उनीहरु तेस्रो व्यक्तिले चलाएको कारमा भागेका थिए।
ती दुई गैरचिनियाँ व्यक्ति ग्राहकका रुपमा नेकलेस देखाइमाग्न आएका थिए। नेकलेस देखाएपछि उनीहरुले चक्कु झिकेर पसलका स्टाफलार्य धम्क्याएका थिए।
प्रहरीका अनुसार घटनामा कोही पनि घाइते भएका छैनन्।
प्रहरीले उनीहरुको खोजीलाई तीव्रता दिएका थिए।
हङकङमा यो वर्षको जनवरीदेखि जुनसम्म ४४ लुटपाटका घटना घटेका छन्। एससीएमपी
2.3k
Shares
प्रतिक्रिया