२०१९ पछि हङकङका ५ लाख ४० हजारले लिए बीएनओ पासपोर्ट

२०१९ पछि हङकङका ५ लाख ४० हजारले लिए बीएनओ पासपोर्ट

नेपालखबर
जेठ २८, २०७९ शनिबार १०:१३, काठमाडौँ

सन् २०१९ यता हङकङका ५ लाख ४० हजारभन्दा धेरै मानिसले ब्रिटिश नेशनल ओभरसिज (बीएनओ) पासपोर्ट पाएका छन्।

बेलायतले हङकङका नागरिकलाई नागरिकता प्रदान गर्ने योजना अघि सारेसँगै बीएनओ भिसा लिनेको संख्या बढेको हो। साउथ चाइना मर्निङ पोस्टका अनुसार सन् २०२० मा मात्र करिब ६० प्रतिशतले भ्रमणको अनुमति पाएका थिए। 

आप्रवासन परामर्शदाताका अनुसार बेलायतले हङकङका नागरिकका लागि नयाँ योजना ल्याएसँगै बीएनओ पासपोर्ट नवीकरण गर्ने र त्यसको लागि आवेदन दिनेको संख्यामा उल्लेख्य वृद्धि भएको हो।

हङकङमा २०२० को जुनमा राष्ट्रिय सुरक्षा कानुन लागू गरिएसँगै बेलायतले बीएनओ पासपोर्ट भएकालाई आफ्नो मुलुकमा बसोबासको अनुमति दिने योजना अघि सारेको थियो। 

हङकङका ६२ हजार ५५ जना मानिसले २०२१ मा बीएनओ पोसपोर्ट लिएका थिए भने यस वर्ष पनि अहिलेसम्म ८ हजार ६३१ जना मानिसले उक्त पासपोर्ट बनाइसकेका छन्। 

बेलायतको आधिकारिक तथ्यांकले पनि बीएनओ पासपोर्टको आवेदन स्वीकृत हुने संख्या पनि २०१८ र २०१९ को बीचमा पाँच गुणाले बढेको छ। 

गत वर्षको जनवरी ३१ मा बीएनओ भिसा योजना अभि सारिएपछि मार्चको अन्तिमसम्ममा १ लाख २३ हजार हङकङका नागरिकले बीएनओ भिसाको लागि आवेदन दिएका थिए। जसमध्ये करिब ९२ प्रतिशतको आवेदन स्वीकृत भएको थियो। 

बेलायत सरकारका अनुसार हङकङका ७४ लाख जनजसंख्यामध्ये ५४ लाखले बीएनओ भिसाको लागि आवेदन दिन सक्छन्।

बेलायतको बीएनओ भिसा योजनाअन्तर्गत हङकङका नागरिकले पाँच वर्षसम्म बेलायतमा बस्ने, काम गर्ने र अध्ययन गर्न पाउनेछन्। ६ वर्षपछि उनीहरुले बेलायतको नागरिकताको लागि आवेदन दिन सक्नेछन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .