हङकङ प्रमुख क्यारी लामले अब छिटै नै हङकङको बेइजिङसँगको सीमा खुल्ने सम्भावना नरहेको बताएकी छिन्। लामले चीनको कोरोना नीतिको कारण हङकङको बेइजिङसँगको सीमा छिटै नखुल्ने उनले बताएकी हुन्।
लामले हङकङ बेइजिङ र अन्य मुलुकसँगको तालमेल मिलाउनुपर्ने अवस्थामा रहेको बताएकी हुन्। उनले अन्य मुलुकले कोरोना नियन्त्रणको प्रतिबन्ध हटाए पनि चीनले भने अझै पनि शून्य कोभिडको नीति लिएकाले छिटै नै बेइजिङसँगको सीमा खुल्न नसक्ने बताएकी हुन्।
लामले आफूहरु अहिले दुई किसिमको नीतिको बीचमा रहेकाले दुवै पक्षलाई ध्यानमा राखेर पाइला चाल्नुपर्ने अवस्था रहेको बताइन्।
अब बेइजिङसँगको सीमा खुलाउने जिम्मेवारी आगामी प्रमुख जोन ली का चिउको रहनेछ। उनले यसअघि आफू निर्वाचित भए बेइजिङसँगको सीमा खुलाउनु आफ्नो प्राथमिकता हुने बताएका थिए।
उनले आफूले यस विषयमा बेइजिङका अधिकारीहरुसँग प्रत्यक्षरुपमा संवाद गर्ने बताएका थिए।
क्यारी लामको कार्यकाल अबको तीन सातामा सकिनेछ। उनले हङकङ चीनलाई सुम्पिएपछि पछिल्लो पाँच वर्ष निकै चुनौतीपूर्ण रहेको बताइन्।
उनले यो क्रममा आफूलाई कहिले पनि यो पद छाडूँजस्तो नलागेको र यो अवधिमा आफूले गरेका निर्णयबारे कुनै पछुतो पनि नरहेको बताएकी छिन्।
Shares
प्रतिक्रिया