बिहान साढे ७ बजेदेखि सुरु भएको मतदानको ३ घण्टामा ७ लाख २० हजारले मतदान गरिसकेका छन्।
सन् २०१५ मा यही अवधिमा मात्र २ लाख १२ हजारले मतदान गरेका थिए। हाल लामो लाइन लागेर नागरिकहरु मतदान गरिरहेका छन्।
यस निर्वाचनमा अहिलेसम्मकै बढी मतदाताहरु सहभागी भएको अधिकारीहरुको भनाइ छ। निर्वाचनमा ४० लाखभन्दा बढी मानिसले मतदाता नामावली दर्ता गरेको जनाइएको छ।
रेमन्ड कलेजको मतदानस्थलबाट क्यारी लामले भोट गरिन्
१८ जिल्लामा जारी निर्वाचनमा ४ सय ५२ सिटका लागि १ हजार ९० उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन्।
हङकङमा ६ महिनायता जारी सरकारविरुद्धको प्रदर्शनका बीच यहाँ निर्वाचन भइरहेको हो।
प्रदर्शनकारीको खतरा मध्यनजर गर्दै कडा सुरक्षा व्यवस्था मिलाइएको छ।
हाल ६ सय मतदानस्थलमा निर्वाचन जारी छ। मतदानस्थल साढे १० बजेसम्म खुल्नेछ।
(भिडियो)
यसपटक आन्दोलनलाई समर्थन गरिरहेका पार्टीले राम्रो नतिजा ल्याउने अनुमान गरिएको छ।
हङकङमा रहेका नेपालीहरु पनि यस चुनावमा सक्रिय छन्। धेरै जसो नेपालीहरु बेइजिङ समर्थक पार्टी डीएबीसँग आवद्ध छन्। उनीहरु डीएबीकै चुनावी लबिङ गरिरहेका छन्।
केही नेपालीहरुले भने सामाजिक सन्जालमार्फत आन्दोलनकारी पक्षधरको लागि भोट मागेका थिए।
प्रतिक्रिया