हङकङ प्रमुख क्यारी लामले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमण बढेसँगै त्यसलाई नियन्त्रणको लागि तल्लो तहका कक्षाहरु बन्द गर्ने घोषणा गरेकी छिन्।
अहिले गरिएको घोषणाअनुसार आगामी शुक्रबारदेखि प्राथमिक तथा सोभन्दा तल्लो तहमा भौतिक उपस्थितिसहितको पढाइ बन्द गरिएको छ।
यो नियम लूनार पर्वको अन्तिमसम्म लागू हुनेछ।
यद्यपि माध्यमिक तहको पढाइलाई भने अहिले गरिएको घोषणाले कुनै असर पार्ने छैन।
त्यस्तै हङकङ प्रमुख लामले कोरोना महामारीको कारण समस्यामा परेका व्यवसायलाई ध्यानमा राख्दै ४ अर्ब हङकङ डलरको आर्थिक सहायता प्याकेज ल्याएकी छिन्।
सरकारी सेवालाई असर पर्ने भन्दै सरकारी कर्मचारीलाई ‘वर्क फ्रम होम’ गर्न निर्देशन दिइएको छैन।
त्यस्तै एयरलाइन्स कम्पनी क्याथे प्यासिफिकले आफ्ना पाइलटहरूलाई क्वारेन्टिनको नियम छल्न ‘लूपहोल’ प्रयोग गरेको विषयमा पनि कानुनी कारबाही गरिने हङकङ प्रमुख लामले बताएकी छिन्।
त्यस्तै लामले कोरोना खोप लगाउनेको संख्या बढेसँगै थप दुई खोप केन्द्र सञ्चालनमा ल्याउने बताएकी छिन्।
Shares
प्रतिक्रिया