हङकङ सरकारले कोरोना संक्रमितसँग नजिकको सम्पर्क गरेका व्यक्तिहरूका लागि क्वारेन्टिन अवधि २१ दिनबाट छोट्याएर १४ दिन बनाएको छ।
क्वारेन्टिन केन्द्रहरूमा बढ्दो चाप कम गर्न सरकारका महामारी सल्लाहकारहरूले गरेको सिफारिस बमोजिम क्वरोन्टिन अवधि छोट्याइएको हो। अब संक्रमितको नजिककाे सम्पर्क गरेका व्यक्तिहरूले क्वारेन्टिन २१ दिन बसिरहन पर्दैन, १४ दिन मात्र बसे पुग्छ।
तर बाहिरबाट आउने यात्रुका लागि यो नयाँ निमय लागू नहुने साउथ चाइना मर्निङ पोस्टले सोमबार जनाएको छ। अर्थात् हङकङ आउने सबै मानिसले २१ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम यथावत् राखिएकाे हाे।
नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण फैलिन थालेसँगै हङकङले २१ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको हो।
1.4k
Shares
प्रतिक्रिया