हङकङले चीनभन्दा बाहिरबाट आउने तथा जाने उडानका क्रु सदस्यमाथिको नियममा थप कडाइ गर्ने भएको छ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार हङकङले सबै एयरलाइन्सलाई मेनल्याण्ड चीनभन्दा बाहिरबाट आउने उडानका क्रु सदस्यहरुलाई दिँदै आएको क्वारेन्टिनको छूट हट्न सक्ने बताएको छ। बिहीबारदेखि लागू हुने गरी नयाँ नियम कार्यान्वयनमा आएको समाचारमा उल्लेख छ।
यसअघि हङकङले सबै कार्गो उडानका क्रु सदस्यले पनि हङकङ आएपछि तीन दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम ल्याएको थियो।
हङकङले ल्याएको नयाँ नियमको असर क्याथे प्यासिफिक एयरलाइन्समा पर्न सक्ने अनुमान गरिएको छ।
हङकङको नयाँ नियमले आगामी दिनमा उल्लेख्य संख्यामा क्याथे प्यासिफिकको उडान रद्द हुन सक्ने समाचारमा उल्लेख छ।
यसअघि नै यो एयरलाइन्सले कोरोना प्रतिबन्धको कारण देखाउँदै धेरै उडानहरु रद्द गरिसकेको छ।
नयाँ नियमअनुसार मेनल्याण्ड चीन बाट आउने वा जाने बाहेकको उडानका क्रु सदस्यले हङकङमा दुई सातासम्म क्वारेन्टिन बस्नुपर्ने हुन्छ।
Shares
प्रतिक्रिया