हङकङमा बाँकी रहेका प्रजातन्त्र पक्षधर अन्तिम मिडियामध्येको स्ट्यान्ड न्युज बन्द भएको छ।
हङकङको राष्ट्रिय सुरक्षा प्रहरीले बुधबार स्ट्यान्ड न्युजको कार्यालयमा छापा मार्दै सातजना वर्तमान र पूर्व शीर्ष कर्मचारीलाई पक्राउ गरेको थियो।
उनीहरुलाई देशद्रोही सामग्री प्रकाशन गरेर वितरणको प्रयास गरेको आरोपमा पक्राउ गरिएको हो।
कर्मचारीहरु पक्राउ गरेसँगै स्ट्यान्ड न्युजले सामाजिक सञ्जाल फेसबुकमा तत्कालदेखि लागू हुने गरी आफ्नो सेवा बन्द हुने जानकारी दिएको छ। बुधबार स्ट्यान्ड न्युजको कार्यालयमा २ सयभन्दा धेरै प्रहरीले छापा मारेका थिए।
हङकङ प्रहरीले भने बुधबार छापा मार्ने क्रममा पत्रकारिताका सामग्रीहरु बरामद गरिएको बताएको छ।
स्ट्यान्ड न्युजले आफ्नो वेबसाइट अब अपडेट हुन बन्द हुने र सामाजिक सञ्जालका कन्टेन्टहरु हटाउने बताएको छ।
1.3k
Shares
प्रतिक्रिया