हङकङको जोर्डनस्थित ब्लु ओसिएन रेस्टुरेन्टमा कार्यक्रम आयोजना गरी त्यहाँका नेपालीले दसैंलगायत चाडपर्वको शुभकामना आदानप्रदान गरेका छन्।
हङकङ नेपाली महासंघको आयोजनामा विजया दशमी तथा दीपावलीको उपलक्ष्यमा भेटघाट तथा शुभकामना आदनप्रदान कार्यक्रम गरिएको महासंघका अध्यक्ष टंक रानाले जानकारी दिएका छन्।
साथै यस अवसरमा महासंघको अफिसियल वेबसाईट डब्लुडब्लुडब्लु डट एचकेएनएफ डट ओआरजी पनि उद्घाटन गरिएको अध्यक्ष रानाले बताएका छन्।
‘सो साइटमार्फत आगामी दिनमा महासंघको कार्यक्रमहरू तथा विभिन्न जानकारीहरू गर्न तथा गराउन सहज हुनेछ भन्ने विश्वास बोकेको छु’, रानाले भनेका छन्।
उक्त कार्यक्रमका थप तस्बिर-
201
Shares
प्रतिक्रिया