बुधबारबाट हङकङका सबैलाई अग्रिम बुकिङबिनै कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ। मानिसहरुलाई खोप लगाउन उत्प्रेरित गर्ने उदेश्यले यो कदम चालिएको हो।
सहरका सामुदायिक खोप केन्द्रमध्ये २१ वटामा बिना बुकिङ खोप लगाउन सकिने घोषणा सोमबार गरिएको हो।
ती खोप केन्द्रहरुमा बायोएनटेक र सिनोभ्याक खोप लगाउन सकिनेछ। बायोएनटेक १२ माथिकाले र १८ वर्षमाथिकाले सिनोभ्याक लगाउन सक्छन्।
‘वास्तविक परिस्थितिको मूल्यांकनपछि सबै योग्य व्यक्तिलाई खोप लगाउने निर्णय हामीले गरेका छौँ,’ सरकारका एक प्रवक्ताले भनेका छन्।
तर, हङकङका निजी अस्पतालहरुले सञ्चालन गरेका पाँच वटा सामुदायिक खोप केन्द्रमा भने यो सुविधा उपलब्ध छैन।
हङकङको ७५ लाख जनसंख्यामध्ये ४४ लाख अर्थात् ५८.७ प्रतिशतले कम्तीमा एक डोज खोप लगाइसकेका छन्। एससीएमपी
42
Shares
प्रतिक्रिया