हङकङमा आइतबार ५ हजारभन्दा कम नागरिकले चुनाव समितिका उम्मेदवारहरूका लागि मतदान गरेका छन्। यस समितिले सहरको नेता चुन्नेछ।
हङकङकी मुख्य कार्यकारी अधिकारी क्यारी लामले चुनावलाई सार्थक भनेकी छन्।
उनले भनिन्, ‘आज चुनाव समितिका लागि भइरहेको मतदान निकै महत्त्वपूर्ण छ। किनकि यो चुनावी व्यवस्था सुधारपछि भइरहेको पहिलो चुनाव हो। यो सुधार देशभक्त मात्र निर्वाचित हुने सुनिश्चित गर्न गरिएको हो।’
आगामी मार्चमा हुने चुनावनमा क्यारी ल्यामले उम्मेदवारी दिन्छिन् कि दिन्नन् भन्ने कुरा अहिलेसम्म थाहा भइसकेको छैन। यसअघि गत मेमा विधायिकाले चीनप्रति वफादार ‘देशभक्त’ले मात्र चुनावमा भाग लिउन् भनेर निर्वाचनसम्बन्धी कानुन संशोधन गरेको थियो। आइतबार ठूलो संख्याको सुरक्षाकर्मीबीच मतदान भइरहेको छ। आज रातिसम्म निर्वाचनको नतिजा आउने अनुमान गरिएको छ। बीबीसी
66
Shares
प्रतिक्रिया