आप्रवासी कामदार समूहहरुले आफूहरुमाथि हङकङ सरकारले विभेद गरेको आरोप लगाएका छन्।
अन्य मुलुकबाट हङकङ आउनेहरुलाई क्वारेन्टिनमा राख्न सरकारले ३६ वटा होटल छुट्याएको छ। तर, विदेशी आप्रवासीको हकमा एउटा मात्र होटल तोकिएको छ।
यो कदम विभेदकारी भएको र घरेलु कामदारलाई अन्यबाट अलग रुपमा क्वारेन्टिन राख्नुको वैज्ञानिक आधार नभएको भन्दै एसियन माइग्रेन्ट कोअर्डिनेटिङ बडीले आइतबार सरकारलाई निर्णय सच्याउन आग्रह गरेको छ।
‘हामीले हङकङ सरकारलाई यो निर्णय बदल्न आग्रह गरिरहेका छौँ। उनीहरु महामारीको प्रभावप्रति चिन्तित छन्, यो कुरा हामी बुझ्छौँ। तर, घरेलु कामदारका लागि मात्रै छुट्टै नियम ल्याउनु उचित हुँदैन,’ सो समूहकी प्रवक्ता डोलोरेस बालाडेरेसले पत्रकार सम्मेलनमा भनिन्।
अगस्ट ३० यता हङकङले पूर्ण खोप लगाएका फिलिपिन्स र इन्डोनेसियाका घरेलु कामदारलाई सहरमा फर्किन दिएको छ। यद्यपि उनीहरुले तीन साता चारतारे सिल्का स्युन वान होटेलमा क्वारेन्टिन बस्नुपर्ने हुन्छ। होटेलको शुल्क प्रतिरात ८ सय हङकङ डलर छ।
यद्यपि सरकारले सो नीति ल्याएको एक दिनभित्रै सो होटेलको सबै ४०९ वटै कोठा सेप्टेम्बरभरका लागि बुक भइसकेको छ। एससीएमपी
Shares
प्रतिक्रिया