धनुषा क्षेत्र नम्बर ३ मा मतगणना जारी छ। पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेकी जुलीकुमारी महतोले अग्रता लिएकी छिन्।
१२ सय ६५ मत गण्ना हुँदा महतले अग्रता लिएकी हुन्।
उनले ६०८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए। त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका अनिल कुमार झाले ३ सय १० मत प्राप्त गरेका छन्।
त्यस्तै, जनमत पार्टीका शम्भुप्रसाद शाहले ३ सय २० मत प्राप्त गरेका छन्।
423
Shares
प्रतिक्रिया