बारा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका क्रममा जनता समाजवादी पार्टीका एकजना जिल्लास्तरका नेता दुईवटा मतपत्रसहित पक्राउ परेका छन्।
मतदान गरेर फर्किने क्रममा दुईवटा नमुना मतपत्र बोकेर हिँडेको अवस्थामा उनलाई जिल्ला प्रहरी कार्यालय बाराका एसपी होबिन्द्र बोगटीले बताएका छन्।
बाराको देवताल गाउयँपालिका वडा नम्बर ७ स्थित वडा कार्यालय पिपरवती जब्दी मतदान केन्द्रमा प्रहरीले जसपाका जिल्ला सदस्य ६२ वर्षीय रामसागर यादवलाई प्रहरीले २ वटा नमूना मतपत्रसहित पक्राउ गरेको हो।
यादव पक्राउ परेको पुष्टि जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले पनि गरेका छन्।
पक्राउ परेका यादव जसपा बारा जिल्ला समन्वय समिति सदस्य रहेको खुलेको छ। प्रहरीका अनुसार ती नमूना मतपत्र पनि उनले ब्यालेट बक्समा हाल्न खोजेका थिए।
यता मतदान केन्द्रबाट दुई मतपत्र सहित एकजना पक्राउ परे पनि मतदान निर्वाध जारी रहेको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए।
Shares
प्रतिक्रिया