ad ad

मधेस


मधेस कृषि विश्वविद्यालयले पाएको अनुदान रकममा अनियमितता

मधेस कृषि विश्वविद्यालयले पाएको अनुदान रकममा अनियमितता

नेपालखबर
चैत ३०, २०७९ बिहिबार २१:५९, काठमाडौँ

मधेस कृषि विश्वविद्यालयले प्रदेश सरकारबाट पाएको अनुदान रकम खर्च नै नगरेर  दुरुपयोग भएको पाइएको छ।

महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको ६०औँ वार्षिक प्रतिवेदन अनुसार मधेस प्रदेशअन्तर्गत सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा प्रदेश कृषि विश्वविद्यालयलाई ३१ करोड ७५ लाख ९७ हजार अनुदान उपलब्ध गराएको थियो।

कृषि विश्वविद्यालयलाई उपलब्ध गराइएको अनुदानबाट उक्त विश्वविद्यालयले गरेको कार्य, खर्च एवं प्रगतिको अनुगमन मन्त्रालयबाट नभएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

अनुगमन नहुँदा अनुदान रकमको उपयोग सम्बन्धमा विश्लेषण गर्न नसकिएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ।

महालेखाले अनुदानको उपयोग सम्बन्धमा नियमित अनुगमन गरी प्रतिवेदन तयार गर्न सुझाव दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .