लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले यही शुक्रबार विश्वासको मत लिने भएका छन्।
गत शुक्रबार मुख्यमन्त्रीमा नियुक्त महराले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार दिउँसो १ बजे सभामुख तुलाराम घर्ती मगरले लुम्बिनी प्रदेश सभा बैठक बोलाएका छन्।
महरालाई गत शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
महरालाई फागुन २१ मा बनेको गठबन्धन दल एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ जनाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो।
लुम्बिनी प्रदेशसभामा ८७ सांसद छन्। जसमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ। उनीभन्दा अघि नेपाली कांग्रेसका डिल्ली चौधरी मुख्यमन्त्री थिए।
Shares
प्रतिक्रिया