कर्णाली प्रदेशका मुख्यमन्त्री नवनियुक्त यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ बुधबार हुने भएको छ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार कँडेललाई प्रदेश प्रमुख तिलक परियारले बुधबार दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ गराउने छन्।
कँडेल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
केन्द्रमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीको भागबण्डमा कर्णाली एमालेको भागमा परेको थियो। २१ फागुनमा मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका थिए।
शर्माको राजीनामापछि प्रदेश प्रमुख परियारले सात दिन भित्र बहुमत पुर्याएर सरकार गठनका लागि दाबी पेश गर्न दलहरूलाई समय दिएका थिए।
त्यही बमोजिम एमालेका सभामुखसहित १०, माओवादीका १३ र एकीकृत समाजवादीका १ गरी २४ जना सांसदको समर्थनमा कँडेल मुख्यमन्त्री भएका हुन्।
Shares
प्रतिक्रिया