ad ad

लुम्बिनी


बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु

बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु

नेपालखबर
चैत २१, २०७९ मंगलबार १९:१५, बुटवल

बुटवल उपमहानगरपालिकाले सामुदायिक कुकुरहरूको बन्ध्याकरण सुरु गरेको छ।  

सडकका कुकुरहरूको संख्या वृद्धि नहोस् भनेर बन्ध्याकरण थालिएको हो। त्यस्तै, रेबिज रोग फैलिन नदिन रेबिजविरुद्धको खोप पनि लगाइएको छ।

बुटवल उपमहानगरपालिकाको आयोजना र वातावरण तथा सामाजिक परिवर्तनका लागि युवासँगको सहकार्यमा सामुदायिक कुकुरको बन्ध्याकरण र भ्याक्सीनसम्बन्धी ३ दिने शिविर सञ्चालन भएको हो।

बन्ध्याकरणले सडकका कुकुररूको संख्या वृद्धि रोकिने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए।

उनले कुकुर पाल्नेहरुले सार्वजनिक स्थलमा दिसापिसाब गराउनेलाई कारबाही गर्ने र आगामी वर्षदेखि बुटवलमा कुकुर पाल्नका लागि अनुमति लिनुपर्ने व्यवस्था गर्ने कानून बनाइरहेको जानकारी दिए।

बुटवल १५ का वडाअध्यक्ष शिव रानाले उपमहानगरका १९ वटै वडाका सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिने जानकारी दिए।

उपमहानगरपालिकाका पशुपंक्षी विकास शाखाका प्रमुख झविन्द्र बञ्जाडेले ३ दिनसम्म चल्ने बन्ध्याकरण कार्यक्रममा बुटवलका सबै वडाहरुबाट कुकुर संकलन गरिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .