गम्भीर घाइते हुनेगरी आफूमाथि छुरा प्रहार भएपछि लेखक सलमान रुस्दीले यसबार संस्मरण प्रकाशन गर्ने भएका छन्। २०२२ मा न्युयोर्कमा भएको आक्रमणपछि उनी मुस्किलले बाँचेका थिए।
आक्रमणपछि उनले एउटा आँखा समेत गुमाएका थिए भने एउटा हात चलाउन अप्ठेरो भएको छ।
उनलाई छुरा हान्ने व्यक्तिलाई हत्याप्रयास अभियोगमा मुद्दा चलाइएको छ।
‘नाइफः मेडिट्सन्स आफ्टर एन एटेम्प्टेड मर्डर’ १६ अप्रिल २०२४ मा प्रकाशित हुने प्रकाशक पेन्गुइन र्यान्डम हाउसले जनाएको छ।
आक्रमणको करिब ६ महिनापछि उनले भिक्ट्री सिटी नामक नयाँ उपन्यास प्रकाशित गरेका थिए।
७६ वर्षीय रुस्दीलाई गत मेमा ब्रिटिस बुक अवार्डसले ‘फ्रिडम टु पब्लिस’ अवार्ड प्रदान गरेको थियो।
१९८८ मा द सटानिक भर्सेस नमक उपन्यास प्रकाशित गरेपछि इरानका धार्मिक नेताले उनीविरुद्ध फतवा जारी गरेका थिए।
Shares
प्रतिक्रिया