खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले प्रत्येक वर्ष साहित्यिक कृतिका लागि प्रदान गर्दै आएको पद्मश्री साधना सम्मानका लागि यो वर्ष १५ वटा किताब मनोनयमा पारेको छ।
पद्मश्री साधना सम्मानका लागि यस वर्ष कृतिमा डा.नवराज लम्सालको ‘अग्नि’, केशवराज ज्ञवालीको ‘अर्को भोर’, दीनानाथ शर्माको ‘एक सम्बोधन समयमाथि’, राजवको ‘काफ्काको काम सकियो’ कविता राईको ‘गुरु’ लोकराज भट्टको ‘छाइला’, दिलिप बान्तवाकोे ‘ताल्चा’, अलक आत्रेयको ‘निनाद बल्लरी’, राजेन्द्रमान डंगोलको ‘पैतालामा हिउँ, आँखामा हिमाल’,उषा हमालको ‘भिक्षुसँग प्रेम’, डा. विप्लव ढकालको भोजपुरको ‘वाङमय’, बसन्त बस्नेतको ‘महाभारा’, ‘दीपक पराजुलीको ‘मिथ्या’, केशव बीनाबीको ‘यादहरुको संग्रहालय’, गिरीश गिरीको ‘सत्यमोहन’ मनाेनयनमा परेका हुन्।
वि.स २०६३ देखि प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएका पुस्तकलाई पद्मश्री साधना पुरस्कार दिदैँ आएको छ।
Shares
प्रतिक्रिया